काठमाडौं । शेयर बजारको उत्साह फेरी पनि टिक्न सकेको छैन् । पछिल्ला दुई कारोबार दिन बढेको बजार, बुधबार पुनः घटेर बन्द भएको हो। गएका दुई कारोबार दिनमा १७ अंकले सुधार भएकोमा आज भने ५.८९ अंकले घटेको छ । सो अंकले सुधार हुँदा १ हजार ८ सय ६७ दशमलव २२ विन्दु पुगेको छ ।
आज कारोबारमा आएका २ सय ५२ कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको २४ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार ६३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ४० कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन श्रृजनशील लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ ।



