images
images

एलन मस्कले गरे ट्विटरको सीईओ पदबाट राजीनामा दिने घोषणा


  • 243
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    एलन मस्कले गरे ट्विटरको सीईओ पदबाट राजीनामा दिने घोषणा

    काठमाडौं । एलन मस्कले ट्विटरको कार्यकारी प्रमुख अधिकृत (सीईओ)  पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले ट्वीट गरेर सकेसम्म छिटो पद छाड्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘ जागिर लिन पर्याप्त मूर्ख व्यक्ति भेटेपछि, म छिटोभन्दा छिटो सीईओ पदबाट राजीनामा दिनेछु । म केवल सफ्टवेयर र सर्भर मात्रै चलाउनेछु ।’

    यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए।त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने लागेका हुन् ।

     

    Capture.JPG

     


    images
    images

    Logo