images
images

काठमाडौं महानगरका भाइरल सई चुडालले दिए राजीनामा


  • 515
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    काठमाडौं महानगरका भाइरल सई चुडालले दिए राजीनामा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका भाइरल सई लोकनाथ चुडाल पदबाट राजीनामा दिएका छन् । एसपी राजु पाण्डेको अत्याचार बढेको भन्दै चुडालले मंगलबार महानगरपालिकालाई राजीनामापत्र बुझाएका हुन् । 

    चुडालका अनुसार महानगर प्रहरी बलका प्रमुख पाण्डेले मातहतका प्रहरी कर्मचारीहरुमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका छन् । मानवीय संवेदनाको समेत ख्याल नगरेर बिरामी हुँदा पनि फिल्डमा खट्न बाध्य बनाइएको, ४÷५ घण्टा समेत आराम गर्न नदिएको आरोप लगाएका छन् । 

    करिब ३० वर्ष अघिदेखि महानगरमा काम गर्दै आएका उनले राजीनामा स्वीकृत भएको अवस्थामा बाँकी जीवन महानगरपालिकाभित्रको बेथितिको भण्डाफोरमा लाग्ने उद्घोष समेत गरेका छन् । 


    images
    images

    Logo