images
images

संसदीय दलका लागि बाग्मती काँग्रेसले बनायो निर्वाचन समिति


  • 268
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    संसदीय दलका लागि बाग्मती काँग्रेसले बनायो निर्वाचन समिति

    काठमाडौं । संसदीय दलको निर्वाचनका लागि नेपाली काँग्रेस बाग्मती प्रदेश कार्यसमितिले निर्वाचन समिति गठन गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जनको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको हो । 

    उक्त समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे तथा सदस्यहरु गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन् । 

    प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभातित्वमा ललितपुरमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न भएकोमा सरकारलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

    उक्त निर्वाचनमा विजयी भएका सबै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिने निर्णय समेत बैठकले गरेको छ ।


    images
    images

    Logo