images
images

टेम्पो चलाएर दैनिक ३५ सय आम्दानी


  • 274
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    टेम्पो चलाएर दैनिक ३५ सय आम्दानी

    काठमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छिन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिन । 

    कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उनीले टेम्पो चालक बनेका थिए । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै गएको उनले बताए । 

     “काठमाडौँमा यत्तिका वर्ष टेम्पो चलाएर भएको आम्दानीले घरखर्चसँगै छोरीलाई ब्याचलर पढायौँ, अहिले छोरी पढ्न अष्ट्रेलिया पुगेकी छ”, उनले भने । तर पछिल्लो समय आफू रोगले थलिन थालेपछि टेम्पो चलाउन पनि गाह्रो हुने अवस्था आएको उनको भनाइ छ । 

    “सकेका बेला राति २ बजे उठेर पनि टेम्पो चलाइयो, त्यसैले होला अहिले औषधिले शरीर धान्ने अवस्था आएको छ”, उनले भने । आफू बिरामी भएपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किएको उनले भनिन् । 

    कक्षा ६ सम्म पढ्नुभएकी रोकाले कारोना महामारीमा भने आम्दानीका लागि वैकल्पिक पेसा अपनाएकी थिइन् । “लकडाउनमा राति १÷२ बजे नै पुगेर मकै ल्याउने र पोलेर बेच्न थाल्यौँ, तरकारी पनि बेच्यौ”, उनले  भनिन्, “त्यसैले लकडाउनमा आर्थिक समस्या हुन पाएन ।”

     हाल ऋणमा किनेको टेम्पो चलाउँदै आएकी रोकाले दिनभरको कमाइले घरखर्च टार्न र ऋणको किस्ता तिरिरहेको बताए । करिब डेढ दशकमा राजधानीका सडकमा टेम्पो गुडाउँदै आउनुभएकी उनसँग महिला भएकै कारणले हिंसा र अपमान सहेका र ट्राफिक प्रहरीसँग झगडा परेका कैयन अनुभव छन् । 


    उनी जस्तै राजधानीका सडकमा टेम्पो चलाउने पाल्पाका जनार्दन बराल पनि रहेकी छिन् । विगत आठ वर्षेदेखि टेम्पो चलाउँदै आएकी उनीले टेम्पो चलाएर दैनिक ३ हजार ५ सय रुपैयाँ आम्दानी हुने बताए । कोरोना महामारीअघिको तुलनामा भने आम्दानी घटेको उनको भनाइ छ । 

    “पहिले त दिनकै ४५ सयसम्म हुन्थ्यो”, उनले भने, “पहिलेको जस्तो अचेल यात्रु चढ्दैनन्, पठाओ जस्ता एपले टेम्पो चढ्ने यात्रु घटेका छन् ।” अहिले भाडा बढेपनि यात्रु थोरै चढ्ने गरेकाले आम्दानी कम भएको उनको अनुभव छ ।

    उनका अनुसार ३५ सयबाट टेम्पो चार्ज गरेको र मिस्त्री खर्च गरी दैनिक ५ सय र किस्ता वापतको केही रकम घटाएपछि बाँकी पैसा उनको बचत हो । उनले  सुन्धारा÷बाफल÷छाउनी÷सीतापाइला रुटमा दैनिक ४ टिप टेम्पो चलाउछिन् । 


    images
    images

    Logo