images
images

१४ अंकले बढ्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट 


  • 717
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    १४ अंकले बढ्यो नेप्से, २ कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२२ अंकले बढेर १ हजार ८ सय ७३ दशमलव ११ अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार कारोबारमा आएका २ सय ५७ स्क्रिपको ९३ करोड ८ लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। 

    आज १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ । ४६ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ ।  कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । यस दिन होटल एण्ड टुरिजम र अन्य उपसमूह परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ भने बाँकी ११ उपसमूह १ प्रतिशतभन्दा पनि कमले बढेकाे छ।

    आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । सिभिल बैंकको ४ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ३६ लाखको कारोबार भएको छ ।

    आज आधिँखोला लघुवित्त र सृजनशील लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo