images
images

संसदीय दलको नेतामा महामन्त्री थापा र सभापति देउवा दुवैले गराए उम्मेदवारी दर्ता


  • 317
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    संसदीय दलको नेतामा महामन्त्री थापा र सभापति देउवा दुवैले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा दुवैले उम्मेदवारी दर्ता गरेका छन् । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेको छन् ।  थापाको प्रस्तावकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संसदीय दलको नेताका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

    कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


    images
    images

    Logo