images
images

कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा


  • 288
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा रहेका छन् । 

    दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आएका कांग्रेस महामन्त्री थापाले उम्मेदवारी दिने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

    कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।


    images
    images

    Logo