काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको उम्मेदवार महामन्त्री गगन थापालाई बनाउने निर्णय इतर पक्षले गरेको छ । मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको हो ।
गलबार बिहान बसेको इतर पक्षको बैठकले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने बताउँदै गगनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् ।
संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार रहने भएका छन् ।