काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० वर्गफुट भन्दा ठुला साइन बोर्ड हटाउन निर्देशन दिएको छ । महानगरले मंगलबार सूचना जारी गर्दै यस्ता बोर्ड हटाउन १५ दिने अल्टिमेटम दिएको हो ।
महानगरले सरकारी तथा गैर सरकारी निकाय, व्यावसाय वा कार्यालय परिसरमा राखेका ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउन निर्देशन दिएको छ । यदी सम्बन्धित पक्षले बोर्ड नहटाए महानगरले आफैँ हटाउने र सो वोर्ड हटाउँदा लागेको खर्च सम्बन्धित कार्यलयसँग लिइने समेत महानगरले जनाएको छ ।
साथै, ३० वर्ग फुटभन्दा साना साइन बोर्ड राख्दा पनि वार्षिक रुपमा रकम बुझाउनुपर्ने महानगरले जनाएको छ । ६ वर्ग फुटसम्मको एउटा साइन बोर्डको ५ सय रुपैयाँ, १५ वर्ग फुटसम्मको १५ सय रुपैयाँ दर रहेको छ । त्यस्तै, १५ वर्ग फुटभन्दा माथि ३० फुट सम्मको साइन बोर्डराख्दा वार्षिक रुपमा प्रति वर्ग फुटको १ हजार रुपैयाँ महानगरलाई तिर्नुपर्ने जनाइएके छ ।



