काठमाडौं । युनाइटेड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गते शंखमुलस्थित अनमोल ब्याङ्किटमा बस्नेगरी साधारणसभा बोलाएको हो । सो दिन दिनको ११ बजे साधारणसभा बस्नेछ ।
युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको छ । यो प्रयोजनका लागि पुस १८ गते शेयरधनी किताव खाता बन्द हुने कम्पनीले जनाएको छ ।
यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा शेयरधनी कायम रहेका शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।