images
images

नेप्सेको आरोलो यात्रामा ब्रेक, १२५ कम्पनीको शेयर मुल्य बढ्दा ८८ करोडकाे कारोबार


  • 558
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    नेप्सेको आरोलो यात्रामा ब्रेक, १२५ कम्पनीको शेयर मुल्य बढ्दा  ८८ करोडकाे कारोबार

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ओरालो यात्रामा ब्रेक लागको छ । अघिल्लो साताको मंगलबारदेखि यस साताको आइतबारसम्म घटेको शेयर बजार आज साताको दोस्रो कारोबार दिन सकरात्मक देखिएपछि ओरालो यात्रामा ब्रेक लागेको हो ।  

     नेप्से परिसुचक ३.८३ अंकले बढेर १ हजार ८ सय ५८ दशमलव ८९ बिन्दुमा पुगेको हो । बजारमा आज २ सय ५१ वटा स्क्रिपको ८८ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख कित्ता शेयर कारोबार भएको छ । 

     १ सय २५ वटा कम्पनीको शेयर मुल्य बढ्दा ७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १४ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।साताको दोस्रो दिन १ कम्पनीका शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

    आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । परवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     


    images
    images

    Logo