काठमाडौं । वीमा प्राधिकरणले लघुविमा कम्पनीको लगानीका लागि ८ वटा क्षेत्र निर्धारण गरेको छ । प्राधिकरणले क, ख र ग वर्ग र पूर्वाधार बैंकको निक्षेप, सरकारी सुरक्षणपत्र, धितोपत्र बजारमा सुचीकृत साधारण शेयर, डिबेञ्चर तथा अग्राधिकार शेयर र म्युचुअल फण्ड समेतमा लगानीको क्षेत्र तोकेको हो ।
केही समय अघिमात्रै नयाँ लाइसेन्स पाएका लघुबीमा कम्पनीहरु हाल सञ्चालनको अन्तिम तयारीमा छन् । सञ्चालन सुरु हुनअघि प्राधिकरणले यस्तो क्षेत्र र सीमा निर्धारण गरिदिएको हो । सरकारी सुरक्षणपत्र र पूर्वाधार तथा क वर्गका बैंकमा त्यस्ता कम्पनीले गर्नुपर्ने न्यूनतम सीमा तोकिएको छ भने अन्य क्षेत्रमा गर्नपाउने अधिकतम सीमा निर्धारण गरिएको छ ।