images
images

२३ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी कति ? 


  • 342
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    २३ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी कति ? 

    काठमाडौं ।  वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार मंसिर अन्तिम सातामा बैंकहरुको निक्षेप सो रुपैयाँ बराबर बढ्न पुगेको हो ।

    संघका अनुसार मंसिरको तेस्रो साता अर्थात् म‌ंसिर २३ गतेसम्ममा बै‌ंककाे निक्षेप ४५ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियाे भने चौथो साता अर्थात् म‌ंसिर २९ गतेसम्ममा बै‌ंककाे निक्षेप  २३ अर्ब रुपैयाँले बढेर ४६ खर्ब २१ अर्ब रुपैयाँमा पुगेको छ । 

    त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी भने स्थिर आएको छ । मंसिरको २३ गतेसम्ममा बै‌ंककाे कर्जा ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको  थियाे भने म‌ंसिर २९ गतेसम्ममा बै‌ंककाे कर्जा लगानी कुनै घटबढ नभइ  सोही रुपैयाँ कर्जा लगानी भएको संघले जनाएको छ ।


    images
    images

    Logo