images
images

गत वर्ष १४% लाभांश दिएको माछापुच्छ्रे बैंकले यो वर्ष बनायो हात खाली, यस्तो छ ९ वर्षे इतिहास


  • 561
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    गत वर्ष १४% लाभांश दिएको माछापुच्छ्रे बैंकले यो वर्ष बनायो हात खाली, यस्तो छ ९ वर्षे इतिहास

    काठमाडौं । माछापुच्छ्रे बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येको एक हो । बैंकले सन् १९९८ देखि बैंकिङ सेवा दिँदै आएकाे छ । नेप्सेमा अहिले बैंकको शेयरमूल्य प्रतिकित्ता २ सय ११ रूपैयाँ रहेको छ ।

    गत वर्ष १४ लाभांश दिएको बैंकले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएको छ । 

    बैंकले १० वर्षको इतिहासमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७२र७३ मा दिएको थियो सो वर्ष बैंकले २१.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै बैंकले १० वर्षको इतिहासमा यो वर्षमात्रै शेयरधनीको हात खाली बनाएको छ । 

    आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना शेयरधनीका लागि २० प्रतिशत, २०७१/७२ मा ५० र २०७२/७३ मा १२ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । त्यसपछि कम्पनीले हकप्रद शेयर जारी गरेको छैन । 

    यस्तो छ बैंकको १० वर्षको लाभांश इतिहास :

    bank m.JPG

     


    images
    images

    Logo