काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७८/७९ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आर्थिक बर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको हो ।
उक्त वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरि कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो। यस अघि लक्ष्मी बैंक र सनराइज बैंकले पनि लाभांश बितरण नगर्ने निर्णय गरेका थिए ।