images
images

बैंक तथा वित्तीय संस्थाको सीईओको योग्यताबारे राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन


  • 367
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    बैंक तथा वित्तीय संस्थाको सीईओको योग्यताबारे राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्याकारी अधिकृत (सीईओ) को योग्यताबारेमा नयाँ एकिकृत  निर्देशन जारी गरको छ । राष्ट्र बैंकले आज एक सुचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र पूर्वाधार विकास बैंकमा  रहने प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यताबारे थप ब्यबस्था गरेको हो। 

    नयाँ ब्यबस्था अनुसार अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन् पाउने छैन । यस अघि बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति सीइओ हुन नपाउने ब्यबस्था रहकोमा अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्तिपनि प्रमुख कार्यकारी अधिकृत हुन् नपाउने ब्यबस्था गरिएको हो।

    त्यस्तै अब प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि नदेखिएको व्यक्ति मात्र सीईओ हुन पाउने छ। यदि अपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सके पछि मात्र सीईओ हुन् पाउने छ।

    त्यस्तै अब प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको शेयरधनी हुन पाउने छ ।

    Circular-No-6-ABC_page-0001.jpg

    Circular-No-6-ABC_page-0002.jpg


    images
    images

    Logo