काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । सोमबार १६.९६ अंकले सुधार देखिएपनि मंगलबारबाट फेरी घट्न थालेको हो । आज बुधबार ४.०७ अंकले घटेर १ हजार ८ सय ९७ दशमलव ०८ विन्दुमा झरेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ।
मंगलबार सामान्य अंकले घटेकाे शेयर बजारले आज पनि निरन्तरता पाएकाे छ । मंगलबार ७७ करोड रुपैयाँ कारोबार भएकोमा आज ७२ करोड ७७ लाख रुपैयाँमा सिमित भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २२२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
नेप्से सामान्य अंक घटेपनि यस दिन दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सिवाईसी नेपाल लघुवित्त र इष्टर्न हाइड्रोपावर रहेका छन् ।



