काठमाडौं । नेपाल बैंकर्स संघले पुस महिनाका लागि ब्याजदर नबढाउने सहमति गरेको छ । सोमवार बसेको संघको बैंठकले सो निर्णय गरेको हो ।
ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि संघलेले पुस महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।
संघले गत असोज महिनामा वाणिज्य बैंकहरुको व्याजदर व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो । जस अनुसार पुस महिनामा पनि सोही व्याजदर निरन्तरता पाउने भएको छ ।
वाणिज्य बैंकहरुका निक्षेपकर्ताले गत चैत, वैशाख, जेठ, असार,साउन र भदौ महिनामा ११.३ प्रतिशतका दरले व्याजदर पाएका थिए भने असोजमा व्याजदर बढेर १२.०३ प्रतिशत पुगेको थियो । संघले असोजमा कायम ब्याजदरलाई कात्तिक, मंसिर र अब पुसमा पनि निरन्तरता दिने निर्णय गरेको छ ।



