काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सोमबार विकास ऋणपत्र २०८२ “छ” नामक ऋणपत्र जारी गर्ने लागेको हो ।
सो ऋयापत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले मंसिर २७ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । सो ऋणपत्रको समायवधी ३ वर्षको रहने छ । उक्त ऋणपत्रको निष्काशन मंसिर २८ गते हुने बैंकले जनाएको छ ।