images
images

४ अर्ब ३१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 495
    SHARES
  • २०७९ मंसिर २१ गते बुधबार

    ४ अर्ब ३१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोष र अवकास कोषमा रहेको ४ अर्ब ३१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार दुई छुट्टा छुट्टै सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी कल्याण कोषको १ अर्ब २७ करोड रुपैयाँ १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  

    सूचना अनुसार पेन्सन तथा उपदान कोषको २ अर्ब ४३ करोड २० हजार रुपैयाँ क वर्गका वाणिज्य बैंकमा ४५ करोड रुपैयाँ ख बर्गका विकास बैंकमा र १५ करोड रुपैयाँ ग वर्गका वित्त कम्पनीहरूमा जम्मा गर्ने गरी निर्धारण गरिएको छ ।

    त्यस्तै कर्मचारी सुरक्षण कोषबाट क बर्गका वाणिज्य बैंकमा  १ अर्ब १ करोड ६० लाख, ख वर्गका  विकास बैंकमा १९ करोड ५ लाख र ग वर्गका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागिएको छ ।

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई पुस १ गते कार्यलय समय भित्र जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिन अवधिको हुनेछ । 

     

     


    images
    images

    Logo