images
images

२८ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन, सबैभन्दा धेरै कसको ?


  • 403
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    २८ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन, सबैभन्दा धेरै कसको ?

    काठमाडौं । कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको बिमाशुल्क संकलन २८ प्रतिशतले बढेको छ । बीमा प्रधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोजमहिनासम्मको  तुलनामा कात्तिकसम्ममा जीवन बीमा कम्पनीहरुले बिमाशुल्क संकलन २८.६० प्रतिशतले बढाएका छन् । 

    प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा  ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । गत असोज महिनासम्ममा यस्तो रकम ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यो गत महिनाको तुलनामा २८ प्रतिशत बढि हो ।

    कात्तिकमा मात्रै जीवन बीमा कम्पनीहरुले १० लाख ७६ हजार बीमालेख जारी गरि १० अर्ब २३ करोड बिमाशुल्क संकलन गरेका छन् । गत महिनामा यस्तो रकम ९ अर्ब ७३ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । 

    १९ कम्पनीले संकलन गरेको कुल बिमाशुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । सो कम्पनीले कात्तिक महिनामा मात्रै २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा एलआइसी नेपालले १ अर्ब २४ करोड रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, सो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १२ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।


    images
    images

    Logo