काठमाडौं । साताको दोस्रो दिन शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.४६ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज २ सय ४० स्क्रिपको १ अर्ब ६७ करोड रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज १४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । त्यस्तै, नेप्सेले पनि रोक्का रहेको कम्पनीहरुको शेयर कारोबार धमाधम फुकुवा गर्न थालेसँगै पनि करोडमा सीमित हुने कारोबार अर्बमाथि उक्लिन थालेको हो ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने बाँकी रहेका परिसुचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस कम्पनीकाे शेयर नेप्सेले हिजाे मात्रै काराेबार फुकुवा गरेकाे हाे । काराेबार फुकुवा साे कम्पनीकाे शेयर मूल्यमा सवैभन्दा धेरै काराेबार भएकाे छ ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



