काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले नियम उलंघन गरेको भन्दै ९ बैंकलाई कारबाही गरेको हो ।
यसरी कारबाहीमा पर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् ।
उक्त ९ बैंकहरुले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपछि बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दै बैंकहरुलाई कारबाही गरेको हो ।
साथै, राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उलंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना समेत गरेको छ।


