images
images

मर्जरका लागि मेगा र इन्भेष्टमेण्ट बैंकले गरे अन्तिम सम्झौता


  • 647
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    मर्जरका लागि मेगा र इन्भेष्टमेण्ट बैंकले गरे अन्तिम सम्झौता

    काठमाडौं । मेगा र नेपाल इन्भेष्टमेण्ट बैंकले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी दुई बैंकबीच आज मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

    यी बैंक १००ः९० को स्वापमा मर्ज हुने भएको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । 

    सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने भएको छ ।

     


    images
    images

    Logo