images
images

लघुवित्तहरुको लाभांश वितरणमा राष्ट्र बैंकले दियो यस्तो निर्देशन


  • 472
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    लघुवित्तहरुको लाभांश वितरणमा राष्ट्र बैंकले दियो यस्तो निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरणको व्यवस्थालाई  संशोधन गरेकाे छ । राष्ट्र बैंकले सोमवार परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको हाे


    लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश (बोनस वा नगद) वितरण गर्दा ५० प्रतिशत जगेडामा जम्मा गर्नुपर्ने भएको छ । लघुवित्तले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । 

    तर, नगद लाभांश लघुवित्तकोे २०७८ असार मसान्तमा कायम बचत र निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

    लघुवित्तले वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो । 

     


    images
    images

    Logo