काठमाडौं । साताको पहिलो दिन ३२.४३ अंकले बढेको छ । सो बराबरको अंकले बढ्दा १ हजार ९ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ । आज शेयर बजारसँगै कारोबार रकम पनि बढेको छ ।
आइतबार २ सय ३३ स्क्रिपको २ अर्ब २ करोड रुपैयाँ बराबरको ४२ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ । आज १ सय ६९ कम्पनीकाे शेयर मूल्य बढेकाे छ । २० कम्पनीकाे शेयर मूल्य घटेकाे छ भने २ कम्पनीकाे शेयर मूल्यमा स्थिर आएकाे छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४५ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएउको छ । शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



