images
images

कात्तिक महिनासम्ममा आयात १८ प्रतिशतले र निर्यात ३३ प्रतिशतले घट्यो 


  • 329
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    कात्तिक महिनासम्ममा आयात १८ प्रतिशतले र निर्यात ३३ प्रतिशतले घट्यो 

    काठमाडौं । कात्तिक महिनामा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्थाङक अनुसार आयात कात्तिक मसान्त सम्म आइपुग्दा १८ प्रतिशतले घटेको हो । 

    विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात ५४ अर्बमा सीमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएको थियो भने ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको थियो ।    

    वैदेशिक व्यापार नै खुम्चिएको सकारात्मक असर व्यापार घाटामा परेको छ । तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार घाटामा १५ प्रतिशतले कमी आएको आएको छ ।

    अहिले व्यापार घाटा ४ खर्ब ७७ अर्ब  ९१ करोड छ जुन अगिल्लो वर्ष सोही अवधिका ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात ७.९२ बाट बढेर चालु आर्थिक बर्षमा ९.७३ पुगेको छ ।


    images
    images

    Logo