काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार प्रारम्भिक सूचना अनुसार सो बराबर मत खसेको देखिएको हो ।
यो आयोगले गरेको अपेक्षा भन्दा कम भए पनि किन कम मतदान भयो भन्ने विषयमा केही थाहा नभएको उल्लेख गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यसको कारणबारे भोलिदेखि अध्ययन गर्ने बताए ।
उनले बाजुरा, गुल्मी, नवलपरासी र सुर्खेतका १५ स्थानमा मतदान स्थगित भएको र सो स्थानमा २ दिनभित्रै निर्वाचन हुने बताए ।
त्यस्तै, मतदान सम्पन्न भएका सबै मतपेटिकाको ढुवानी सुरु भइसकेको उनले बताए । ७ वटा हिमाली जिल्लाका मतपेटिका भने भोलिदेखि सदरमुकाम ल्याउने योजना बनाइएको छ ।
उनले काठमाडौंमा आजैददेखि र अन्यत्र सकेसम्म छिटो मतगणना सुरु हुने बताए ।