images
images

बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा, २ प्रतिशतले घट्यो बीमाशुल्क संकलन 


  • 460
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा, २ प्रतिशतले घट्यो बीमाशुल्क संकलन 

    काठमाडौं । जीवन बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म कुल जनसंख्याको ४३.६२ प्रतिशतले जीवन बीमा गरेका हुन् । यो सङ्ख्या म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो ।

    गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या २८.८१ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ३ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।

    म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५१ लाख ४४ हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड ३२ लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३९.७८ प्रतिशत हो ।

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.९४ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।

    असोज मसान्तसम्ममा बीमा कम्पनीले कुल ४६ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा २.६२ प्रतिशतले कम हो ।

    एक वर्षमा जीवन बीमालेख संख्या ५०.२७ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ९० लाख ९ हजार थियो । अहिले यस्तो संख्या ५४.१० प्रतिशतले बढेर १३ करोड ८८ लाखमा पुगेको छ । 

    त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ५.६८ प्रतिशतले घटेको छ । असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८९ हजार वटा पोलिसी जारी गरेका छन् ।


    images
    images

    Logo