काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १ हजार ९ सय ३६ दशमलव ८३ बिन्दुमा बन्द भएको छ ।
नेप्से बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज २ सय २३ स्क्रिपको १ अर्ब ७१ करोड रुपैयाँ बराबरको ४३ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय ७२ कम्पनीको शेयर मूल्य बढेको छ । १३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सवैभन्दा धेरै रिडी हाइड्रोपावरको १९ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्सको ७ करोड ९० लाख र हिमालयन पावर पार्टनरको ६ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।



