images
images

नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो 


  • 448
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो 

    काठमाडौं । नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढेको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कोषले २३ करोड २७ लाख २७ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७६ प्रतिशतले बढी हो । गत वर्ष कोषको यस्तो नाफा १९ करोड ७२ लाख रुपैयाँ रहेको थियो । आम्दानी सँगै कोषको नाफा पनि बढ्न पुगेको छ । 

    समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ५ करोड ८३ लाख रुपैयाँबाट बढेर १० करोड १२ लाख रुपैयाँ पुगेको छ ।  हाल नागरिक लगानी कोषको सेयर पुँजीमा ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।

    यसको जगेडा कोष पनि १९ अर्ब ४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । मुद्दति निक्षेपमा १ खर्ब २ अर्ब २९ करोड रुपैयाँ लगानी गरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ५ पैसा रहेको छ । 

     


    images
    images

    Logo