images
images

नेपाल टेलिकमको घट्यो नाफा, यस्तो छ कारण


  • 333
    SHARES
  • २०७९ कार्तिक ३० गते बुधबार

    नेपाल टेलिकमको घट्यो नाफा, यस्तो छ कारण

    काठमाडौं । नेपाल टेलिकमको पहिलो त्रैमासमा नाफा घटेको छ । टेलिकमको असोज मसान्तसम्ममा २ अर्ब २२ करोड ५५ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो । गत वर्ष टेलिकमको यस्तो नाफा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

    असोज मसान्तसम्ममा टेलिकमको ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा रहेको छ गतवर्ष यस्तो आम्दानी ९ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष यस्तो आम्दानी ७।१४ प्रतिशत घटेको छ । 

    सो अवधिमा कम्पनीको जगेडा कोषमा ७९ अर्ब २९ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५ सय ४० रुपैयाँ ५१ पैसा रहेको छ । 

    गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्मको खुद नाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको छ : 
    १. कार्य सञ्चालन आयमा वृद्धि : 
    क. डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब ११ करोड ४० लाख वृद्धि भएकाले । 
    २ कार्य सञ्चालन आयमा कमी :

    क. अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब १० करोडले कमी भएको । साथै ओटीटी सेवाको बढ्दो प्रयोगका कारण भ्वोइस सेवाको समग्र आयमा कमी भएकोले । 

    ख. मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा सञ्चालन हुन नसकेकोले । 

    ग. आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न गएकोले । 
    . कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेकाले । 

    ३. गैर कार्य सञ्चालन आयमा भएको परिवर्तन :
    क. बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब ७९ करोडले वृद्धि भएको । 
    ख. विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ७ करोडविदेशी मुद्रा लाभ भएकोले । 


    images
    images

    Logo