images
images

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३९८ प्रतिशतले बढ्यो 


  • 1.4K
    SHARES
  • २०७९ कार्तिक २९ गते मंगलबार

    नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३९८ प्रतिशतले बढ्यो 

    काठमाडौं । पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । असोज मसान्तसम्मको विवरण अनुसार इन्स्योरेन्सको नाफा २३९८.२२ प्रतिशतले बढेको हो । सो अवधिमा इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ७० लाख ३३ हजार रुपैयाँ रहेको थियो।


    कम्पनीले यस अवधिमा बीमाशुल्क संकलन ९ अर्ब ९३ करोड रुपैयाँ गरेको छ । कम्पनीले गत वर्ष ९ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीले २२ हजार १ सय २५ दाबीमा ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

    यो अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा ८३ करोड १० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३९ पैसा रहेको छ । 


    images
    images

    Logo