images
images

बैंकले ऋणीसँग असुलेको अतिरिक्त व्याज फिर्ता गर्नुपर्ने, नत्र साधारणसभा रोक्का !


  • 367
    SHARES
  • २०७९ कार्तिक २५ गते शुक्रबार

    बैंकले ऋणीसँग असुलेको अतिरिक्त व्याज फिर्ता गर्नुपर्ने, नत्र साधारणसभा रोक्का !

    काठमाडौं । एकतर्फी रुपमा प्रिमियम दर बढाएर उच्च ब्याज असुल गरेका बैंकहरुले ऋणीलाई ब्याज फिर्ता गर्न थालेका छन् । राष्ट्र बैंकले यस्तो रकम फिर्ता गर्ने प्रक्रिया नथालेसम्म साधारणसभा गर्ने स्वीकृति नै नदिएपछि बैंक तथा वित्तीय संस्थाले यस्तो रकम फिर्ता गर्न थालेका हुन् । 

    अहिलेसम्म राष्ट्र बैंकले ८ वटा बैंकलाई मात्रै साधारणसभा गर्न स्वीकृति दिएको छ । ती सबैले बढी असुलेको रकम फिर्ता गर्ने प्रक्रिया थालिसकेका छन् । त्यस्तै, अन्य बैंकहरुको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकमा पुगे पनि राष्ट्र बैंकको यही अडानका कारण स्वीकृति पाउन सकिरहेका छैनन् । 

    अहिलेसम्म साधारणसभा घोषणा गर्न स्वीकृति पाएका बैंकअरुले सवा अर्ब रुपैयाँ भन्दा बढी रकम फिर्ता गर्ने प्रक्रिया थालनी गरेका छन् । 

    स्वीकृति प्राप्त गर्न बाँकी बैंकमध्ये समेत सबैजसो बैंकहरुले बढी प्रिमियम दर लगाएर यस्तो रकम असुल गरेको राष्ट्र बैंकले जनाएको छ ।


    images
    images

    Logo