काठमाडौं । निर्जीवन बीमाकम्पनीले असोज महिनासम्ममा पौने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मंगलवार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विरिण अनुसार सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले सो अवधिमा कुल १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
असोज महिनामा मात्रै कम्पनीले २ लाख ४४ हजार बीमालेख विक्री गरी २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो कम्पनीले यो अवधिमा १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, दोस्रोमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सो अवधिमा ८५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै यो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।




