images
images

वाणिज्य बैंकमा ओइरिन थाल्यो निक्षेप


  • 352
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    वाणिज्य बैंकमा ओइरिन थाल्यो निक्षेप

    काठमाडौं । चुनाव नजिकिएसँगै वाणिज्य बैंकहरुमा निक्षेपको ओइरो लागेको छ । पछिल्लो एक सातामा मात्रै बैंकहरुमा झण्डै २१ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ ।  

    बैंकर्स संघले सार्वजनिक गरे अनुसार कात्तिक ११ गतेसम्ममा बैंकहरुले निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो । १८ गतेसम्म आइपुग्दा ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कर्जा १ अर्ब रुपैयाँले घटेको छ । कात्तिक ११ गतेसम्ममा बैंकहरुको निक्षेप ४२ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा १८ गतेसम्म आइपुग्दा १ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ । 


    images
    images

    Logo