images
images

लगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबारमा थप उत्साह


  • 438
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    लगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबारमा थप उत्साह

    काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३२ अंकले बढेर १ हजार ९ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । 

    आज २ सय २७ स्क्रिपको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ । यस अघि सोमबार र मंगलबार समेत बजार बढेको थियो । हिजो बजारमा झण्डै सवा अर्बको कारोबार भएकोमा आज कारोबार रकम बढेर १ अर्ब ४६ करोड पुगेको छ । 


    images
    images

    Logo