काठमाडौं । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.१० अंकले बढेर १ हजार ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेको छ । २ सय ३१ स्क्रिपको १ अर्ब २९ करोड रुपैयाँ बराबरको ३९ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक पछिल्लो साढे ३ महिना यताकै उच्च अंकले बढेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ।
आज १ सय १८ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।
१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज नविल बैंकको ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड १७ लाख, रिडी पावर कम्पनीको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।
मंगलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ



