images
images

चलनचल्तीमा रहेको नोट एक महिनामै ५५ अर्ब रुपैयाँले बढ्यो


  • 469
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    चलनचल्तीमा रहेको नोट एक महिनामै ५५ अर्ब रुपैयाँले बढ्यो

    काठमाडौं ।  एक महिनाको अवधिमा चलनचल्तीमा रहेको ५५ अर्ब रुपैयाँ बराबरको नोट बढेको छ।नेपाल राष्ट्र बैंकले एक महिना ५५ अर्ब १२ करोड रुपैयाँबराबर नोट बढेको तथ्यांक सार्वजनिक गरेको हो। 

    भदौ अन्त्यसम्म ५ खर्ब ९४ अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा थिए। जुन असोज मसान्तसम्म आइपुग्दा ६ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित भएको छ। एक महिनाको अन्तरालमा मै ९ प्रतिशतभन्दा धेरैले चल्तीका नोट बढेका हुन्।

     बैंकको तथ्यांक अनुसार असोजसमान्तमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा २ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् । भदौ मसान्तमा यस्तो निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ मात्रै थियो । असार महिनामा मात्रै यस्तो निक्षेप ७ अर्ब रुपैयाँले बढेको हो । 

    उता, सरकारी निक्षेप भने असोज मसान्तमा १ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । भदौ मसान्तमा यस्तो निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ थियो । एक महिनाको अवधिमा निक्षेपको आकार करिब ७५ अर्ब रुपैयाँले घटेको हो । 

    एक महिनाको यो अवधिमा नेपाल राष्ट्र बैंकले जगेडा कोष तथा बचतको आकारलाई ४ खर्ब ३३ अर्ब रुपैयाँ पुर्याएको छ ।


    images
    images

    Logo