काठमाडौं । तिहारपछिको आज पहिलो कारोबारमा दिन नै शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १६.३९ अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज २ सय २४ स्क्रिपको ६९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज १ सय १० कम्पनीको शेयर मुल्य बढेको छ भने ६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज विकास बैंक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १.६५ प्रतिशत र अन्य समूहको १.५९ प्रतिशत त्यस्तै, बैकिङ्ग समूहको १.५२ प्रतिशतले बढ्न पुगेको छ ।
त्यस्तै,आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले बढेको छ । नेपाल एसबिआई बैंकको ८.२४ प्रतिशतले बढेको छ ।



