images
images

तीन महिनामा २७ बाणिज्य बैकले कमाए करिव १९ अर्ब नाफा, कुन को कति ?


  • 502
    SHARES
  • २०७९ कार्तिक ८ गते मंगलबार

    तीन महिनामा २७ बाणिज्य बैकले कमाए करिव १९ अर्ब नाफा, कुन को कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा करिब १९ अर्ब खुद नाफा आर्जन गरेका छन् । २६ बैंकले कुल १८ अर्ब ७५ करोड नाफा आर्जन गरका छन् । गत आर्थिक वर्षमा बैंकहरुको नाफा १७ अर्ब ७० करोड रहेको थियो । 

    बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २६ वटा बैंकहरु मध्ये १४ वटा बैंकले अघिल्लो वर्षको भन्दा नाफा वृद्धि गरेका छन् भने १२ वटा बैंकको नाफा घटेको छ । यस अवधिमा ६ बैंकले १ अर्ब माथि नाफा कमाएका छन् । सबैभन्दा धैरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसी एशियाले १ अर्ब ७५ करोड नाफा कमाएको छ । 

    त्यसैगरी दोश्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड कमाएको छ । त्यस्तै, आरुबिबिले १ अर्ब २४ अर्ब, ग्लोबल बैंकले १ अर्ब १८ करोड, इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड र कुमारी बैंकले १ अर्ब खुद नाफा आर्जन गरेको छ ।

    राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार र ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

    सबैभन्दा कम नाफा सनराईज बैंकको रहेको छ । सनराइजको खुद नाफा १६ करोड ५८ लाख रहेको छ ।  समिक्षाको अवधिमा सबैभन्द धैरै नाफा बृद्धि गर्नेमा पहिलो स्थानमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको नाफा ८५ प्रतिशतले बृद्धि भएको छ । सनराइज बैंकको भने ६१ प्रतिशतले नाफा घटेको छ । संचालनमा रहेको २६ बैंकमध्ये १२ बैंकको नाफामा गिरावट आएको छ ।

    १२ वटा बाणिज्य बैंकको नाफा घट्यो

    सञ्चलानमा रहेका २६ वटा बैंकमध्ये १२ वटा बैंकको नाफा घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । नाफा घटेका बैंकमा एनसीसी बैंक ०.२३ प्रतिशत, मेगा बैंक ४४.३३ प्रतिशत, सानिमा बैंक ३.४५ प्रतिशत, सिटिजन्स बैंक २७.०८ प्रतिशत, माछापुच्छ्रे बैंक १९.६५ प्रतिशत र प्राइम बैंकको नाफा १०.६१ प्रतिशतले घटेको छ ।

    यस्तै नेपाल बैंक १९.६५, एनएमबि बैंक १३.४५, लक्ष्मी बैंक ८.९३, कृषि विकास बैंकको नाफा ५४.४७ र सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशत र सनराइज बैंक ६१.४९ प्रतिशतले घटेको छ ।

        Figure '000'  
    S.N Bank Name This Year previous year different 
    1 Nepal Bank 604,098 754,855 -19.97
    2 Nabil Bank 1,571,537 1,112,234 41.3
    3 NIC Asia Bank 1,756,779 1,180,691 48.79
    4 Rastriya  Banijya Bank 1,246,678 1,050,614 18.66
    5 Giobal IME Bank 1,189,545 1,112,224 6.95
    6 Nepal Investment Bank 1,140,597 923,795 23.47
    7 Kumari Bank 1,001,459 541,119 85.07
    8 NMB Bank 904,134 1,044,437 -13.43
    9 Prime Commercial Bank  874,170 977,934 -10.61
    10 Everest Bank 862,237 578,873 48.95
    11 Standard Chartared 811,397 481,847 68.39
    12 Prabhu Bank 705,006 636,321 10.79
    13 Nepal SBI Bank 627,357 372,911 68.23
    14 Sanima Bank 548,220 567,860 -3.46
    15 Himalayan Bank 532,475 452,853 17.58
    16 NCC Bank 516,836 518,057 -0.24
    17 Mega Bank 509,169 914,686 -44.33
    18 Laxmi Bank 503,472 552,870 -8.93
    19 Citizen Bank 501,215 687,399 -27.09
    20 Siddhartha Bank  498,250 948,731 -47.48
    21 Machhapuchre Bank 451,183 561,536 -19.65
    22 Civil Bank 415,091 291,849 42.23
    23 Century Commcrical Bank 318,515 272,476 16.9
    24 Bank of kathmanku 280,615 253,477 10.71
    25 Agriculture Development Bank 220,953 485,378 -54.48
    26 sunrise Bank 165,827 430,716 -61.5
      Total  18,756,815 17,705,743  

     


    images
    images

    Logo