काठमाडौं । सानिमा बैंकले ५४ करोड ८२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । असोज मसान्तसम्मको विवरण अनुसार गत वर्षको तुलनामा ३.४६ प्रतिशतले घटेको हो । गत वर्ष यस्तो नाफा ५६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी १ अर्ब ६० करोड रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।
बैंकले १ खर्ब ५२ अर्ब बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.९९ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ १ सय ५३ रुपैयाँ ५९ पैसा रहेको छ ।