images
images

सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले घट्यो, इपीएस कति पुग्यो ?


  • 394
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले घट्यो, इपीएस कति पुग्यो ?

    काठमाडौं । सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको नाफा २७.०७ प्रतिशतले घटेको हो । बैंकले यस त्रैमासमा ५० करोड १२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६८ करोड ७३ लाख आर्जन गरेको थियो ।  

    बैंकले असोज मसान्तसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद व्याज आम्दानी रहेको छ । गत वर्ष यस्तो रकम १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ लाख रुपैयाँ रहेको छ।

    बैंकले १ खर्ब ५२ अर्ब बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १४.१२ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ १ सय ४६ रुपैयाँ ७९ पैसा रहेको छ । 

     


    images
    images

    Logo