images
images

पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो छ ?


  • 510
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा घटेको छ । असोज मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा १३.४३ प्रतिशतले घटेको हो । सो अवधिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

    असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ। त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ७० करोड रुपैयाँ रहेको छ। सोही अवधिमा सो बैंकले २ अर्ब २३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।

    यो अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा बैंकको  प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ६० पैसा रहेको छ भने खराब कर्जा अनुपात १.९० प्रतिशत रहेको छ ।


    images
    images

    Logo