images
images

प्राइम बैंकको नाफा ८७ करोड ४१ लाख, प्रति शेयर आम्दानी कति ?


  • 504
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    प्राइम बैंकको नाफा ८७ करोड ४१ लाख, प्रति शेयर आम्दानी कति ?

    काठमाडौं । पहिलो त्रैमासमा प्राइम कमर्शियल बैंकले ८७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्मको विवरण अनुसार गत वर्षको तुलनामा १०.६१ प्रतिशत बढि हो । गत वर्ष यस्तो नाफा ९७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । असोज मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८८ करोड रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब ४० करोड  रुपैयाँ रहेको थियो । 

    बैंकले १ खर्ब ५८ अर्ब बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँ  रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.७४ रुपैयाँ रहेको छ । त्यसैगरी नेटवर्थ १ सय ५२ रुपैयाँ ४५ पैसा रहेको छ । 


    images
    images

    Logo