काठमाडौं । पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा घटेको छ । असोज मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा १९.६६ प्रतिशतले घटेको हो । सो अवधिमा बैंकले ४५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ५६ करोड १५ लाख रुपैयाँ रहेको थियो।
असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। त्यस्त बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। सोही अवधिमा सो बैंकले १ अर्ब ५४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
यो अवधिमा बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ९० पैसा रहेको छ ।