images
images

हिमालयन बैंकले कमायो ५३ करोड २४ लाख नाफा, यस्ता छन् अन्य सुचक


  • 390
    SHARES
  • २०७९ कार्तिक ७ गते सोमबार

    हिमालयन बैंकले कमायो ५३ करोड २४ लाख नाफा, यस्ता छन् अन्य सुचक

    काठमाडौं । पहिलो त्रैमासमा  हिमालयन बैंकले ५३ करोड २४ लाख नाफा कमाएको छ ।  असोज मसान्तसम्मको विवरण अनुसार यते गत वर्षको तुलनामा १७.५८ प्रतिशत बढि हो । गत वर्ष यस्तो नाफा ४५ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।  बैंकले सञ्चालन मुनाफालाई बढाएर ७८ करोड ९४ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी १ अर्ब ८० करोड रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम १ अर्ब ११ करोड  रुपैयाँ रहेको थियो ।

    बैंकले १ खर्ब ७० अर्ब बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब ५२ अर्ब रुपैयाँ  रहेको छ । प्रतिशेयर आम्दानी १६.४२ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ७५ रुपैयाँ २२ पैसा रहेको छ । 

     


    images
    images

    Logo