काठमाडौं । पहिलो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्मको विवरण अनुसार यते गत वर्षको तुलनामा ६८.३९ प्रतिशत बढि हो । गत वर्ष यस्तो नाफा ४८ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने । त्यस्त बैंकको सञ्चालन नाफा ६९.२० प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ।
सो अवधिमा बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी, बैंकको निक्षेप १ खर्ब ७२ लाख छ भने र कर्जा ७९अर्ब २१ करोड रुपैयाँ रहेको छ। सोही समयमा बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १ रुपैयाँ ३१ पैसा रहेको छ।



