काठमाडौं । प्रभु बैंकको नाफा १० प्रतिशतले बढेको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको नाफा १०.७९ प्रतिशतले बढेको हो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ।
बैंकले यस त्रैमासमा ७० करोड ५० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६३ करोड ६३ लाख आर्जन गरेको थियो ।बैंकले १ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै, बैंकले सो अवधिमा १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी २२.१९ रुपैयाँ रहेको छ भने नेटवर्थ १ सय ६२ रुपैयाँ २२ पैसा रहेको छ ।